कपिलवस्तु , कपिलवस्तुमा साउन महिनामा मात्रै सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार साउन महिनामा सवारी दुर्घटनाको संख्या बढेको हो।
प्रहरीका अनुसार साउन महिनामा जिल्लाका विभिन्न स्थानमा ७१ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ९ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन्। दुर्घटनाका क्रममा १० वटा पशुचौपाया समेत मरेका छन्।
डीएसपी सिंहका अनुसार छाडा पशुचौपाया, तीव्र गति लगायतका कारण जिल्लामा सवारी दुर्घटना बढेको हो। सडकमा छाडा पशुचौपाया हिँड्ने तथा चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने गरेको उहाँले बताउनुभयो।
सवारी दुर्घटना न्यूनीकरणका लागि चालकले गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पालना गर्ने तथा सडकमा छाडा पशुचौपायाको व्यवस्थापन गर्न आवश्यक देखिएको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्