स्थगित भयो रवि लामिछानेको चीन भ्रमण : सांसदहरुको टोली भोलि प्रस्थान गर्दै

स्थगित भयो रवि लामिछानेको चीन भ्रमण : सांसदहरुको टोली भोलि प्रस्थान गर्दै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने कार्यक्रम हाललाई स्थगन गरिएको छ। यही भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई रोकिएको हो।

नयाँ मिति तय भइनसेक पनि अब लामिछाने असोज (मध्य सेप्टेम्बर) तिर चीन भ्रमणमा जाने सम्भावना रहेको स्रोतहरूले जनाएका छन्। यसअघि लामिछाने यही भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म चीन भ्रमणमा जाने तयारी भइरहेको थियो। लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने तालिका तय गरिएको थियो।

चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रकै परिस्थिति पनि केही फेरिएको अवस्थामा लामिछानेले तत्कालका लागि भ्रमण स्थगिन गरेको स्रोतहरूले जनाएका छन्। भदौका लागि तय भएको भ्रमण स्थगन भए पनि उनी असोजमा चीन जान सक्ने सम्भावना छ। तर अहिलेसम्म नयाँ मिति तय भएको छैन।

यसैबिच सांसदहरूको एक टोली भने ७ दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ। बेइजिङमा हुने विकासशील देशका सांसदहरूको ८औँ सेमिनारमा सहभागी हुन पाँच जनाको टोली भोलि भदौ ८ गते चीन जाने कार्यक्रम छ।

प्रतिनिधिसभामा रास्वपाका सांसद कमल सुवेदीले नेतृत्व गर्ने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी, किरण बाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी र संघीय संसद्‌का उपसचिव शारदा भण्डारी रहने छन्।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij