क्रियाशील महिला पत्रकारको अध्यक्षमा कल्पना तिवारी,पाण्डेलाई संघर्षशील पत्रकार सम्मान 

क्रियाशील महिला पत्रकारको अध्यक्षमा कल्पना तिवारी,पाण्डेलाई संघर्षशील पत्रकार सम्मान 

तिलोत्तमा, क्रियाशील महिला पत्रकार डब्लु,डब्लु जे रुपन्देहीको १६औँ वार्षिक साधारण सभा तथा चौंथो अधिवेशन आइतबार बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनले कल्पना तिवारीको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिकला अधिकारी कमला,सचिवमा बिन्दु भट्टराई,कोषाध्यक्षमा सावित्रा अर्याल, सहसचिव कमला अर्याल, र सदस्यहरुमा कल्पना शर्मा , सृजना भट्टराई , मनिषा नेपाली र लक्ष्मी पाण्डे चयन भएका छन् ।

साधारण सभा तथा अधिवेशनकै अवसरमा क्रियाशील महिला पत्रकार रुपन्देही संस्थाले २०६९ सालमा स्थापना गरेको “संघर्षशील पत्रकार महिला सम्मान” २०८३ बाट संस्थाका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश उपाध्यक्ष भगवती पाण्डेलाई सम्मान गरेएको छ । उहाँलाई प्रमुख अतिथि खेलराज पाण्डेले नगद।१५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । पाण्डे सेतोपाटी अनलाइन र लुम्बिनी टेलिभिजनमा कार्यरत हुनुहुन्छ । यो भन्दा अगाडि संघर्षशील पत्रकार महिला सम्मान” पुरस्कारबाट पत्रकार कमला कुवँर, ईन्दिरा अर्याल, माया गौतम, दुर्गा पौडेल, इन्दिरा खनाल सम्मानित भइसक्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले क्रियाशील महिला पत्रकार संस्थाले नाम अनुसार काम गर्नुपर्ने बताउनु भयो । संस्था स्थापना गर्नु ठुलो कुरा होइन,यसलाई निरन्तरता दिनु महत्त्वपूर्ण विषय हो भन्दै उहाँले पत्रकारिता क्षेत्रमा परेको सङ्कटलाई समेत समाधान गरी आफ्‌ना कार्यक्रम अगाडी बढाउन आग्रह गर्नुभयो । सो अवसरमा उहाँले आगामी दिनमा बुटवल उपमहानगरपालिकाले संस्थागत सहकार्य र सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य , रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, सम्मानित व्यक्ति एवं क्रियाशील पत्रकार महिला रुपन्देहीका संस्थापक अध्यक्ष भगवती पाण्डे, सञ्चारीका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपाल लगायतले बोल्दै संस्थाले आफ्‌नो उद्देश्य अनुरूप काम गर्दै सङ्ख्यात्मक भन्दा गुणात्मक परिणाम दिन आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष कल्पना तिवारीले संस्थाले गरेका कार्यसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महिला पत्रकारहरूको क्षमता तथा नेतृत्व विकास,नीतिगत पैरवी र समाचार लेखनमा संस्थाले जोड दिने बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक हरिकला अधिकारीको स्वागत तथा सचिव बिन्दु भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार सम्बद्ध संस्थाका अध्यक्ष एवं प्रतिनिधि,सामाजिक संस्थाका अध्यक्ष एवं प्रतिनिधि र रुपन्देहीमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij