संसदमा जघन्य अपराध बारे चर्चा : कानुन संशोधन गरेर कडा कारबाहीको माग

संसदमा जघन्य अपराध बारे चर्चा : कानुन संशोधन गरेर कडा कारबाहीको माग

 

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सभाको आजको शून्य समयमा सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, जनचेतना अभिवृद्धि गर्न र अपराधिक घटनामा संलग्नलाई हदैसम्मको सजायको व्यवस्था गर्न सरकारलाई सुझाव दिए । सांसद अनुश्का श्रेष्ठले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्ने व्यवस्था मिलाउन माग गरिन् । सांसद अफ्साना बानुले संविधान संशोधन गरेरै भए पनि जघन्य अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।

सांसद डा. अमरेशकुमार सिंहले अराजकता, अस्थिरता, हत्याहिंसा र बलात्कारको घटना नियन्त्रण गर्न सरकार गम्भीर ढङ्गले प्रस्तुत हुनुपर्ने बताए । सांसद अरविन्द साहले मधेस प्रदेशका केही जिल्लामा आपराधिक घटना वृद्धि भएको जनाउँदै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग गरे । सांसद आकृति अवस्थीले कार्यालय, सार्वजनिक यातायात, विद्यालय, समुदाय तथा घरभित्र महिला सुरक्षित हुने अवस्था सुनिश्चित गर्न माग गरिन् । सांसद आशिका तामाङले बलात्कारलगायत जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको कानुनी व्यवस्था नभएसम्म समाजबाट यस्ता घटना न्यून नहुने धारणा राखिन् ।

सांसद एलिजा गुरुङले बालयौन हिंसा रोक्न विद्यालयस्तरमै उचित शिक्षा दिनुपर्नेमा जोड दिइन् । सांसद कन्हैया बनियाले आपराधिक घटना न्यूनीकरण गर्न कडा कानुनी कारबाहीको व्यवस्था गर्न माग गरिन् । सांसद क्रान्तिशिखा धितालले घरेलु हिंसा, यौन दुर्व्यवहार र बाल हिंसाका प्रारम्भिक उजुरीलाई प्राथमिकता दिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् । सांसद खगेन्द्र सुनारले बलात्कार र हत्यालगायत जघन्य अपराध रोक्न कडा कानुनी कारबाहीको व्यवस्था गर्न माग गरे । सांसद गीताकुमारी सेन्दाङले महिला र बालिकामाथिको हिंसाको घटना दोहोरिन नदिन कडा कानुनी व्यवस्था गर्न माग गरिन् । सांसद गुरुप्रसाद बरालले जघन्य अपराध रोक्न सुरक्षा व्यवस्था मजबुद बनाउन सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति : सोमबार, भाद्र ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij