बुटवल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य एबं संसदीय दलक प्रमुख सचेतक : माननीय जमुना ढकालले तीजलाई भड्किलो नबनाउन आग्रह गर्नुभएको छ ।

नेपाल महिला संघ बुटवल उपमहानगरपालिका वडा नं १३ को आयोजनामा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले हाम्रो रीति, जिती र संस्कृतिको जगेर्ना गर्ने नाउँमा तीजलाई भड्किलो बनाउन नहुने, चाडपर्व सबैले सौहार्दपूर्ण तरिकाले मनाउन सक्ने बनाउन आग्रह गर्नुभएको हो।
कार्यक्रममा नेपाली काँग्रेसका बुटवल उपमहानगरपालिकाका नगर सभापति एवं नगर प्रमुख खेलराज पाण्डेले तीजले नेपाली लोक गीत संगीतको मौलिकतालाई जोगाउनु पर्ने धारणा राख्नुभयो।
सो अवसरमा महासमिति सदस्य बालकुमारी भण्डारी, क्षेत्रीय कोषाध्यक्ष हिमाल गैह्रे, वडा नं १३ का सभापति पुरुषोत्तम बस्याल , वडाध्यक्ष नारायण बहादुर पुन, वडा सदस्य लाल बहादुर गुरुङ्ग , नगर सचिव गंगा पन्थि, लक्ष्मी भण्डारी लगायतले बोल्नुभएको थियो।
संघका वडा सभापति डिला गाहाको सभापतित्वमा भएको कार्यक्रमको जानका पौडेलले स्वागत तथा सचिव गिता आचार्यले संचालन गर्नुभएको थियो।
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्