काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाएका छन् ।
स्वास्थ्यमा देखिएको समस्याका कारण चस्मा लगाउनुपरेको भन्दै प्रधानमन्त्री शाहले संघीय संसद् सचिवालयलाई स्वास्थ्य प्रतिवेदनसहितको पत्र पठाएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले रातोपाटीलाई जानकारी दिए
सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समिति बैठकले कालो चस्मा लगाएर सदनमा आउन नपाउने निर्णय गरेको थियो । लगाएर आउनै पर्ने भए स्वास्थ्य रिपोर्टसहित पत्र बुझाउनुपर्ने निर्णय समितिले गरेको थियो । त्यही निर्णयअनुरुप प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको प्रवक्ता गिरीले जानकारी दिए ।
प्रधानमन्त्री शाहले पठाएको स्वास्थ्य रिपोर्ट अनुसार उनको आँखामा उज्यालो सहन कठिन हुने र आँखा सुक्खा हुने समस्या छ । उनले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएको रिपोट सचिवालयलाई पठाएका हुन् ।
लेफ्टिनेट कर्णेल डा. सचित ढकालले गरेको परीक्षणमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न असहज हुने भएकाले बेलाबेला आइड्रप प्रयोग गरिरहनुपर्ने र कालो चस्मा लगाउनुपर्ने उल्लेख छ ।
बुधवार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम निर्धारित छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्