रसुवा बाढी : त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

रसुवा बाढी : त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशुलीमा आएको बाढीले क्षतिग्रस्त नुवाकोटको विदुर-१ ढुङ्गेस्थित बजार क्षेत्रका संरचना । तस्बिर ः रामहरि न्यौपाने÷रासस

काठमाण्डाै – तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएका छन् । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बेलुकी ६ बजेसम्म विभिन्न ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ ।

बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतरा तहमा पुगेको छैन । प्रजिअ अर्यालका अनुसार चितवन यो बाढीका कारण जोखिममा परेको छैन । आमनागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उहाँले शवहरू देखिएमा खबर गर्न आग्रह गर्नुभयो ।

नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख इन्जिनियर सुमित अधिकारीका अनुसार देवघाटमा रहेकाे नारायणी नदीमा बहाव घट्न थालेको छ । यहाँ ९ मिटर कटेपछि खतरा मानिन्छ । ६.८० मिटर पानीको सतह पुगेर घट्न शुरू भएको उहाँले जानकारी दिनुभयो । अब नदीको सतह घट्न थालेकाले खतरा टरेको उहाँको भनाइ छ ।

बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा दिउँसैदेखि गाडी आवागमन रोकिएको छ । पोखरातर्फ जाने गाडीलाई पठाउन शुरू गरिएको छ । पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने गाडी रोकिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताउनुभयो ।

नारायणी नदीमा बाढी आउन सक्ने भन्दै आज दिउँसो नदी आसपासका विद्यालय बन्द गरिएका थिए । नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरेको थियो

प्रकाशित मिति : बुधबार, भाद्र १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij