सडक विभागले भन्यो– पृथ्वी राजमार्ग दिउँसोसम्म सञ्चालनमा आउँछ

सडक विभागले भन्यो– पृथ्वी राजमार्ग दिउँसोसम्म सञ्चालनमा आउँछ

काठमाडौंः- रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं–मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम द्रुत गतिमा भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा आउने छ।

मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक क्लियर छ। बैरेनीदेखि गलौंदीसम्मका करिब १३ किलोमिटर सडकका विभिन्न ठाउँमा बाढीले लेदो थुपारेको उनले जानकारी दिए। भारी मात्रामा लेदो थुप्रिएकोले मुनि सडकको अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिनाई भइरहेको र विशेष अवस्थाबाहेक आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए।

इन्जिनियर न्यौपानेका अनुसार सडकमा थुप्रिएको लेदो हटाउनका लागि गए रातिदेखि नै १५ वटा उपकरण प्रयोग भइरहेका छन्। गएराति १० बजेपछि पानी परेकोले काम रोकिएको र आज बिहानैदेखि ती उपकरहरूले धमाधम सडकमा थुप्रिएको लेदो पन्छाउने काम भइरहेको उनले बताए। बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्बी राजमार्गको विभिन्न स्थानमा क्षति गरेको हो।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij