JanataToday.com

Advertisment

SKIP THIS

रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका सूचना अधिकारी एसएसपी शारदा प्रसाद चौधरीका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवामा रहेका १२९ जना व्यक्तिहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका प्रारम्भिक रिपोर्ट प्राप्त भएको हो ।

‘जिल्ला–जिल्लाबाट सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण संकलन भइरहेको छ । केही व्यक्ति भने सम्पर्कमा आइसकेका छन्,’ एसएसपी चौधरीले रातोपाटीलाई बताए ।

रसुवामा निजी तथा सरकारी कामका साथै अन्य प्रयोजनका लागि पुगेका लुम्बिनी प्रदेशका नागरिकहरू बाढी तथा पहिरोपछि परिवारको सम्पर्कमा आउन नसकेका हुन् ।

सम्पर्कविहीन भएकाहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सम्पर्कविहीन व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने कामसमेत जारी राखेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij