रसुवा बाढीमा मृत्यु भएका थप ७ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका थप ७ जनाको शव बुटवल ल्याइयो

 

बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका थप ७ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले १८ जनाको शव रहेको छ । ११ जनाको शब शुक्रबार दिउँसो र ५ जनाको शब शुक्रबार राति ल्याइएको बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए।

उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा १३ पुरुष र ५ महिलाको शव गरी हाल १८ जनाको शव रहेको छ ।

उनका बुटवल ल्याइएका शवहरु नवलपरासीका विभिन्न स्थानमा फेला परेका हुन् । त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा पनि तीन महिलाको शव राखिएको डीएसपी श्रीवास्तवले बताए।

लुम्बिनी प्रादेशिक अस्पतालमा थप शव ल्याइने सम्भावना रहेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति : शनिबार, भाद्र १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij