शव पहिचानमा समस्या नभएपछि डीएनए सुरक्षित राखेर व्यवस्थापन गरिंदै

शव पहिचानमा समस्या नभएपछि डीएनए सुरक्षित राखेर व्यवस्थापन गरिंदै

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ ।

शवको सनाखत कठिन हुँदै गएर राख्ने ठाउँको अभाव हुनुका साथै संक्रमण फैलिने जोखिम देखिएपछि सनाखत नभएका शव जमिनमा गाड्न शुरु गरिएको छ ।

पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०८३ ल्याएर सरकारले पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालेको हो । निर्देशिका संशोधनलगत्तै चितवनमा शव व्यवस्थापनको काम शुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दाबी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसी को मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले पनि पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डीएनएलगायत पहिचानमा सहयोग गर्ने अरु आधारहरू सुरक्षित राखेर सरकारले व्यवस्थापन गर्न थालेको बताउनुभएको छ ।

बाढीपछिको उद्धार, उपचार, व्यवस्थापन  सञ्चार र  पुनःस्थापनालगायतबारे सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै उहाँले पहिचान भएका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको स्पष्ट पार्नुभयो ।

पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डीएनएलगायत अरु पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखेर सरकारले आफैं व्यवस्थापन गर्न लागेको उहाँको भनाइ छ ।

परिवारले पहिचान गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको भन्दै उहाँले यस विषयमा कुनै पनि भ्रममा नरहन पनि अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij