काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
आज शुरू भएको बन्दसत्रमा सभापति थापाले आउँदो चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रतिवेदनमा आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, चुनावअघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, युवा सहभागितालगायत विषय समेटिएको छ ।
युवापुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको थापाको आत्मसमीक्षा रहेको छ ।
प्रकाशित मिति : सोमबार, असोज १९ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्