JanataToday.com

Advertisment

SKIP THIS

औद्योगिक व्यापार मेला : शनिबार मात्रै ७० हजार बढी दर्शकद्धारा अवलोकन

औद्योगिक व्यापार मेला : शनिबार मात्रै ७० हजार बढी दर्शकद्धारा अवलोकन

बुटवल,(जनता टुडे )- वर्षातका कारण शुक्रबार रोकिएको बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला शनिबार भने निर्वाध रुपमा सञ्चालन भएको छ । शनिबार बिहानैदेखि मेला अवलोकनकालागि दर्शकको बाक्लो उपस्थिती रहेको थियो । दर्शकको बाक्लो उपस्थितीले मेला आयोजकलाई उत्साही बनाएको छ । शनिबार मात्रै मेलामा ७० हजार बढी दर्शकले अवलोकन गरेका छन् ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर भएको मेलाको १० औं दिन शनिबारसम्म ३ लाख ५० हजार भन्दा बढी दर्शकले मेलाको अलवोकन गरेको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो । शनिबार मेलामा अवलोकन गर्नकालागि अत्यधिक दर्शक आएका कारण मेला स्थलमा प्रवेश गर्न समेत हम्मे हम्मे भएको थियो ।

दर्शकको सुविधाकालागि आयोजकले मेला स्थलमा राखिएका टिकट काउन्टर बाहेक पनि टिकट काट्ने व्यबस्था मिलाएको टिकट व्यबस्थापन उपसमितिका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो । संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा दर्शकको उल्लेखनीय उपस्थितीले स्टलधनी पनि खुसी भएका छन् ।
शनिबार मेलामा लोक तथा दोहोरी गायक शिव हमाल, दिपक गरौंजा, सीता केसी, चेतना थापा, चन्दा अर्याल, सुशिला गौतम, आरती रुचाल, डिला बिक तथा नारायण खनाल लेकालीको प्रस्तुती रहेको थियो भने शनिबारदेखि नै सुरु भएको रत्यौली प्रतियोगितामा ८ टिमको प्रस्तुती रह्यो ।

त्यस्तै सांस्कृतिक कार्यक्रम तर्फ नै लोक तथा दोहोरी गीत प्रतियोगिता, आधुनिक तर्फ भ्वाईस अफ बुटवलमा टप ७ मा छनौट भएका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहेको थियो । भोली आईतबार लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, निता पुन, पुरुषोत्तम पौडेल, अमृता नेपाली, नन्दु परियार, हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) को प्रस्तुती रहने छ । त्यस्तैगरी आधुनिक तर्फ भ्वाईस अफ बुटवल र रत्यौली प्रतिगोगितामा प्रस्तुती बाँकी रहेका ७ टिमको प्रस्तुती रहने छ । यस क्षेत्रमा पहिलो पटक सञ्चालन गरिएको रत्यौली प्रतियोगितामा १५ टिम सहभागि छन् ।

प्रकाशित मिति : शनिबार, पुष १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij