लायनेश क्लवको स्थापना दिवसमा संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान

लायनेश क्लवको स्थापना दिवसमा संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान

बुटवल,(जनता टुडे )-  लायनेश क्लव अफ बुटवलको स्थापना दिवसमा संस्थापक पदाधिकारी सदस्य सहित पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । क्लवको ३४ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको हो ।
क्लवका संस्थापक तथा पूर्व अध्यक्षहरुलाई क्लवकी अध्यक्ष पुजन श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथी प्रदेश पाँचकी उपसभामुख कृष्णी थारुले संयुक्त रुपमा माला तथा मायाँको चिनो सहित सम्मान गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै प्रदेशकी उपसभामुख थारुले संस्थाले संस्थापक तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरेर संस्थाको गरिमा बढाउने काम गरेको बताउनु भयो । उहाँले सामाजिक गतिबिधि गर्ने उद्देश्यले स्थापित संस्था र सरकार बिचमा समन्वय हुन सकेमा मुलुकको बिकासका लागि धेरै समय कुर्नु नपर्ने बताउनु भयो ।
क्लवकी अध्यक्ष पुजन श्रेष्ठले बुटवलको सबैभन्दा पुरानो महिलाहरुको क्लव लायनेश क्लव अफ बुटवलले स्थापना कालदेखि नै सामाजिक तथा शिक्षा र स्वास्थ्य संग सम्बन्धि गतिबिधि सञ्चालन गर्दै शिक्षा र स्वास्थ्यको सुधारका लागि रचनात्मक काम गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक गभर्नर अनुपकुमार पहाडी, पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, अरुणप्रताप राणा, डिष्ट्रिक को चिफ एडभाईजरहरु अर्जुनमान सैंजु, नवराज न्यौपाने, लायनेश क्लवका सल्लाहकार अम्बुप्रसाद श्रेष्ठ, लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठ, लायनेश क्लवकी संस्थापक सचिव तथा पूर्व अध्यक्ष बिणा लाकौल, लियो क्लव अफ बुटवलका अध्यक्ष अविनाश श्रेष्ठ लगायतले सम्मानित हुनुभएकाहरुलाई बधाई ज्ञापन गर्दै क्लवले राम्रा काम गर्दै आएको र यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

क्लवकी सचिव मीना श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा ध्वजाको अभिवादन क्लवकी प्रथम उपाध्यक्ष मिश्रा श्रेष्ठ तथा द्वितीय उपाध्यक्ष पुष्पा श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij