बुटवल,(जनता टुडे )- बुटवल उपमहानगर वडा नम्बर १७ रानीगन्ज स्थित जनशक्ति टोल अन्तर्गत रहेको सुकुम्बासी बस्ती जनसंघर्ष टोलको जग्गा भूमाफियाले कब्जा गर्न लागेको भन्दै स्थानियहरुले बिरोध गरेका छन । चिन्तामणी पाण्डे, गोपाल पाण्डे लगाएतका स्थानिय केही भुमाफियाहरुको सक्रियतामा जग्गाको नक्सानै किर्ते जालसाजी गरि सुकुम्बासी बस्तीको जग्गा हडप्न खोजेको उनिहरुले आरोप लगाएका छन।
साविक मोतिपुर गाविस वडा नम्बर १ रानीगन्ज अन्तर्गत नेपाल सरकारको नाममा रहेको सो सरकारी जग्गामा भुमाफियाको गिद्धेदृष्टि परेको र जग्गाको नक्सा नै नक्कली बनाई कित्ताकाट गरि बिक्रि बितरण गरेको स्थानिय प्रेम सागर तिवारीले बताउनुभयो । उक्त स्थानमा प्लट १ (क) कित्ता नम्बर ४७ को कुल १ सय ११ बिगाहा १३ घुरमध्ये करिब १० बिगाहा १० कट्टा जग्गा केही ब्यक्तिहरुले नक्कली कागजपत्र बनाई लालपुर्जा निकाल्ने प्रयास भैरहेको पनि उनीहरुको गुनासो छ ।चिन्तामणी पाण्डे, गोपाल पाण्डे लगायतले मालपोत कार्यालय, नापी कार्यालय लगायतका निकायमा नक्कली लगत खडा गर्ने प्रयत्न गरेको भन्दै स्थानीयले प्रधानमन्त्रीको कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयसम्म बिभिन्न निकायमा उजुरी गरेको गौतम बुद्ध जनसंघर्ष टोल बिकास समितिले जनाएको छ ।

उक्त जग्गा तत्कालिन श्री ५ को सरकारको नाममा कायम भएको र उक्त जग्गामा बिगत डेढ दशकदेखि सुकुम्बासी बस्दै आएकोले उक्त जग्गा सुकुम्बासीकै हुनुपर्ने दावी समितिले गरेको छ ।
१५ बर्षदेखि सुकुम्बासी बस्तीमा घरटहरा बनाई बसोबास गर्दै आएका ब्यक्तिहरुलाई जग्गा हडप्न खोज्ने तत्वले रातीमा आई धम्काउने, तर्साउने गरेको, यो जग्गा हाम्रो हुँदैछ तिमिहरुले छोड, नत्र हामी जवरजस्ती हटाउछौं भन्दै धाकधम्की दिने लगाएतका कार्यहरु गर्दै आएको स्थानिय गौतम बुद्ध जनसंघर्ष टोल बिकास समितिका प्रेमसागर तिवारीले बताउनु भयो । तत्काल उक्त सुकुम्बासी बस्ती नछोडे सुकुम्बासीमा बिभिन्न ब्यक्तिहरुलाई भौतिक कारबाही गर्ने समेत धम्की दिएको र भुमाफियाहरुले सुकुम्बासीहरुलाई बिस्थापित गरि जग्गा हडप्न खोजेको तिवारीको गुनासो छ ।
सरकारले बिजुली, पानी, बाटो, घाटो सबै ब्यबस्था गरेको र अव सुकुम्बासीहरुले लालपुर्जा पाउने अपेक्षा गरिरहेको बेलामा यस प्रकारको खबरले सम्पुर्ण सुकुम्बासी बस्तीमा त्रास छाएको पनि तिवारीले बताउनुभयो । पानी बिजुलीको कार्ड समेत आफुहरुसँग रहेको भन्दै उनिहरुले उक्त जग्गा हडप्न खोज्ने माथि तत्काल छानविन गरि कारबाही गर्न पनि माग गरेका छन ।
प्रकाशित मिति : शनिबार, पुष १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्