जनता टुडे /मोतीपुर ,श्री मातेश्वरी महिला विकास बहुउद्धेश्य सहकारी संस्था लिमिटेडको सत्रौ वार्षिक साधारण सभा तथा दसौ अधिबेसन सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष माया थापाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरापलिका उपप्रमुख गुमादेबि आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रमलाइ सम्बोधन गर्दै उपप्रमुख आचार्यले स्थानिय उत्पादनको प्रर्बद्धन र बिकासका लागि सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा सहकारी सघंसंस्थाहरु बचत तथा ऋणमा मात्र सिमिति हुने गरेको भन्दै उहाले सहकारी मार्फत जिवनस्तर उकास्ने गतिबिधी संचालन गर्नुपर्नेमा जोड दिनुभयो।
सहकारी समृद्धिको मेरुदण्ड भएकाले सम्पूर्ण शेयर सदस्यहरु सहकारी मार्फत सामुहिक आर्थिक विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाले मुलुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीले नमुना योग्य काम गर्नुपर्नेमा जोड दिदै एक व्यक्ति एक सहकारीको मान्यतालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै साधारण सभामा बोल्दै बिशिष्ट अतिथि वडा न १८ का वडा अध्यक्ष हुमनाथ आचार्य ले छोटो समयमा नै सहकारीले फड्को मारेकोमा खुशी व्यक्त गर्नुभयो ।अर्का बिशिष्ट अतिथि वडा न १७ का वडा अध्यक्ष सन्त बहादुर रानाले संस्थाले गरेको प्रगति प्रति खुशि व्यक्त गर्दै शेयर सदस्यहरुलाई रोजगारीको सृजना गर्दै यस क्षेत्रमा नमुना सहकारीको रुपमा चिनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मोतिपुर मा.वि. का प्राचार्य लक्ष्मण मरासेनी , मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संथाका अध्यक्ष हरिहर श्रेष्ठ, संगालो बचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष ज्ञानेश्वर आचार्य ,समाज सेवी ओम घिमिरे, सम्पुर्ण महिला कृषि सहकारी संस्थाका अध्यक्ष माया भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।साधारण सभाको अवसरमा संस्थाको आफ्नै भवनको बुटवल उपमहानगरापलिका उपप्रमुख गुमादेबि आचार्यले उदघाटन गर्नुभयो ।

साधारण सभाको अवसरमा संस्थाको निर्माणाधीन भवनको लागि आर्थिक सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
बुटवल उपमहानगरापलिका वडा नं १७, १८ र १९ मा कार्यक्षेत्र रहेको श्री मातेश्वरी महिला विकास बहुउद्धेश्य सहकारी संस्था लिमिटेडको ५ सय ६५ सेयर सदस्य रहेका छन । यसको कुल बचत १ करोड ३९ लाख ,१ हजार ९८१ रुपैया रहेको छ ।साधारण सभामा अध्यक्ष माया थापाले प्रगति प्रतिवेदन लेखा समिति संयोजक रिना श्रेष्ठले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम संस्थाका उपाध्यक्ष सुमित्रा गाहाको स्वागत र नारायणी गाहाको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।
प्रकाशित मिति : आइतबार, पुष २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्