JanataToday.com

Advertisment

SKIP THIS

रत्यौली प्रतियोगितामा योगिकुटीको शान्तिकुञ्ज समुह प्रथम

रत्यौली प्रतियोगितामा योगिकुटीको शान्तिकुञ्ज समुह प्रथम

 

बुटवल ।
बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेलामा आयोजना गरिएको रत्यौली प्रतियोगितामा बुटवल योगिकुटीको शान्ति कुञ्ज समुह प्रथम भएको छ । शनिबार र आईतबार गरि दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा तल्लो देवीनगर आमा समुह द्वितीय, मिलिजुली समुह तृतीय, जनजागरण समुह सान्त्वना भएका छन् । त्यस्तै मनकामना समुहलाई प्रोत्साहन गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैंया नगद सहित पुरस्कार प्रदान गरिएको छ भने प्रतिस्पर्धीहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । प्रतिस्पर्धामा सहभागि समुहहरुले पूर्ण विवाहको झल्को दिनेगरी प्रस्तुती गरेका थिए ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा यस क्षेत्रमै पहिलो पटक रत्यौली प्रतियोगिता आयोजना गरिएको थियो । बिशेष गरेर विवाहमा जन्ती गएपछि महिलाहरुले विवाहलाई जोडेर नाचगान गरेर रमाईलो गर्ने परम्परा (रत्यौली संस्कृति)लाई जगेर्ना गर्नकालागि प्रतियोगिता आयोजना गरिएपनि दर्शक तथा मेलाका अवलोकन कर्ताहरुले कौतुहलता पूर्वक लिएका थिए । प्रतियोगिता पश्चात रत्यौली संस्कृति लोप हुन लागेको र यसलाई बचाईराख्नकालागि प्रतियोगिता गरेर उद्योग बाण्ज्यि संघले राम्रो कामको थालनी गरेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।

त्यस्तैगरी आईतबार दोहोरी गीत प्रतियोगिता, लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, राधिका हमाल, पुरुषोत्तम पौडेल, अमृता नेपाली, नन्दु परियार, हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) को प्रस्तुती रहेको थियो भने भोली सोमबार लोक तथा दोहोरी गायक ईन्द्र जिसी, पुस्कल शर्मा, अमृता लामिछाने, कला लम्साल, बसन्त लम्साल, रबिन लामिछाने, नीता पुन, हास्यकलाकार पुर्खे बा लगायतका कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक टंकप्रसाद गैरेले जानकारी गराउनु भयो । त्यस्तैगरी लोक तथा दोहोरी गीत प्रतियोगिता र भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहने आधुनिक कार्यक्रम व्यबस्थापन उपसमितिका संयोजक मनोज ध्वजुले जानकारी गराउनु भयो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा आईतबार पनि अवलोकन कर्ताको उत्साहजनक सहभागिता रहेको थियो । मेलामा आईतबार प्रदेश पाँचका प्रदेश सभा सदस्यहरु दावा शर्मा, थानकुमारी थापा, रमा अर्याल, उद्योग व्यापार संघ रुपन्देही तथा अन्य संघसंस्थाबाट मेलामा संस्थागत अवलोकन गर्नुभएको थियो । त्यस्तै संघका पूर्व अध्यक्षहरुले मेलामा नियमित प्रत्यक्ष निगरानी गरिरहनु भएको छ ।

प्रकाशित मिति : आइतबार, पुष २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij