JanataToday.com

Advertisment

SKIP THIS

सुनको भाउ आज तोलाको ७६ हजार रुपैयाँ पुग्यो

सुनको भाउ आज तोलाको ७६ हजार रुपैयाँ पुग्यो

काठमाण्डौ
सुनको भाउ आज तोलाको ७६ हजार रुपैयाँ पुगेको छ ।केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।
गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
गएको वर्ष यो समयमा दैनिक ५८ देखि ६० किलो सुन बिक्री हुने गरेकामा हिजो आज मुश्किलले दैनिक १० किलोमात्रै व्यापार हुने गरेको उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।
अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij