बु टवल /जनता टुडे -माघे सक्रान्तिको अवसरमा प्रदेश नम्बर ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ।
मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सुनाउँदै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो।
उहाले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने पनि बताउनुभयो।
गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।
मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताउनुभयो ।
बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।
बैठकले रुपन्देहीका ईन्द्र प्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति : सोमबार, पुष २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्