JanataToday.com

Advertisment

SKIP THIS

औद्योगिक व्यापार मेलामा बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरलाई स्वागत

औद्योगिक व्यापार मेलामा बेलायत कोलवर्न टाउन काउन्सिलका मेयरलाई स्वागत

 

बुटवल / जनता टुडे – बेलायत कोलवर्न टाउन काउन्सिलका मेयर डा. जगन्नाथ शर्मालाई बुटवलको औद्योगिक व्यापार मेलामा स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर परिवार सहित नेपाल आउनु भएका शर्मालाई शोमबार मेलामा स्वागत गरिएको हो । श्रीमति लक्ष्मी शर्मा, छोरीहरु डा. प्रतिक्षा र प्रतिभा सहित आउनु भएका मेयर शर्मालाई मेलामा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायत पदाधिकारी सदस्यहरु, पूर्व अध्यक्षहरुले स्वागत गर्नुभएको हो । मेयर शर्मालाई बुटवलको ऐतिहासिक जितगढी किल्लाको आकृतिको मायाँको चिनो समेत प्रदान गरिएको थियो ।

नेपालको पर्वत बिहारी गाउँपालिकामा जन्मिनु भएका मेयर शर्मा २० वर्षदेखि बेलायतमा हुनुहुन्छ । उहाँ यस अंगाडी बेलायतको उक्त शहरमा उपमेयर हुँदै मेयर हुनु भएको हो । नेपाल आउनु भएका मेयर शर्माले परिवार सहित लुम्बिनी लगायतका बुद्धसंग सम्बन्धित स्थानहरुको स्थलगत अवलोकन गरेर सोमबार बुटवल आउनु भएको थियो । त्यस अवसरमा उहाँले आफू वेलायत फर्केर बेलायती नागरिकलाई नेपालको भ्रमणकालागि प्रोत्साहन गर्ने बताउनु भयो ।

त्यस्तैगरी सोमबार नै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पनि मेलाको स्थलगत अवलोकन गर्नुभएको छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको प्रवद्र्धकको रुपमा रहेको बुटवल उपमहानगरपालिका मेयरले मेलाको स्थलगत अवलोकन गरि मेलाको बारेमा जानकारी लिनु भएको थियो । त्यसबाहेक मेलामा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुले संस्थागत अवलोकन गर्नुभएको थियो । मेलामा सोमबार पनि अवलोकन कर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।

यहि पुसको ९ गतेदेखि सुरु भएको मेलाको १३ औं दिन सोमबार भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती, दोहोरी प्रतियोगिता, लोक तथा दोहोरी गायक पशुपति शर्मा, ईन्द्र जिसी, पुस्कल शर्मा, अमृता लामिछाने, कला लम्साल, बसन्त लम्साल, रबिन लामिछाने, नीता पुन, हास्यकलाकार पुर्खे बा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो भने भोली मंगलबार लोक तथा दोहोरी गायक रामजी पौडेल, ओम ज्ञवाली, नारायण विपी परियार, शिलु भट्टराई, रेनु राना मगर र दोहोरी गीत प्रतियोगिता तथा भ्वाईस अफ बुटवलको फाईनल प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij