रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र गार्मेन्ट तथा हस्तकला समिति चयन

रुपन्देही उद्योग संघमा कृषि , पशुजन्य र गार्मेन्ट तथा हस्तकला समिति चयन

बुटवल ।
रुपन्देही उद्योग संघमा कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको छुट्टाछुट्टै भएको भेलाले कृषि तथा पशुजन्य र गार्मेन्ट तथा हस्तकला वस्तुगत समिति गठन गरेको छ । संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न उद्योगीहरुको भेलाले गुप्ता नर्सरी उद्योगका शम्भु कुमार गुप्ताको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा लोकपृय कृषि नर्सरी उद्योगका अनिल खरेल, सचिवमा ए।जी। प्रोडक्सन ग्रुपका सुनिल अर्याल र सदस्यहरुमा आर।सि।एस। कृषि फर्मका रमेशचन्द्र मुराउ र देउराली पोल्टीफर्म एण्ड हेचरी प्रा.लि .का केशरमणी पौडेल चयन हुनु भएको छ ।
भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कार्यसमिति सदस्य सरला भण्डारी, लालबहादुर थापा, युवराज आचार्य, राज कुमार पराजुली र पूर्व सहकोषाध्यक्ष राजेन्द्र कार्की र पूर्व कार्यसमिति सदस्य रचना पन्त रहनु भएको छ ।
त्यसैगरी गार्मेन्ट तथा हस्तकला उद्योगीहरुको भेलाले गुभाजु होजियारी उद्योगका विवेकरत्न गुभाजुको संयोजकत्वमा ७ सदस्यीय वस्तुगत समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा सिटी गार्मेन्टका सागर शर्मा सचिवमा रारा गार्मेन्टका सुदिन काफ्ले र सदस्यहरुमा वविन लेदर उद्योगका कृष्ण पाण्डे, बुटवल गैरे होजियारी उद्योगका हरी गैरे, जे।के। टाई एण्ड बेल्ट उद्योगका विश्वज्योती काफले र देउराली होजियारी उद्योगका विष्णुप्रसाद गैरे चयन हुनु भएको छ ।
भेलाका अध्यक्ष एवं संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाले सम्पूर्ण उपस्थितलाई स्वागत गर्दै वस्तुगत समिति गठनको महत्व र उद्देश्यमाथी प्रकाश पार्नु भएको थियो । भेलामा संघका अध्यक्ष बाबुराम बोहोराले नव गठित वस्तुगत समितिहरुबाट संघको क्रियाकलापमा सक्रिय सहभागिताका साथै आप्mनो वस्तुगत समिति भित्र रहेका समस्याहरुलाई संघसम्मलाई समाधानका लागि सहकार्य गर्न सहज वातावरण सिर्जना गर्नुुहुनेछ भन्ने आसा व्यक्त गदैं नव गठित वस्तुगत समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij