सैनामैना
रुपन्देहीको सियारी ७ अमवामा मत्स्य कृषि तथा माघी महोत्सव २०७६ हुने भएको छ ।यस क्षेत्रका मत्स्यपालक किसानहरुको प्रवद्र्धन तथा स्थानीय कला संस्कृती प्रदर्शन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।महोत्सवमा संस्कृतिक कार्यक्रमका साथै किसानहरुका उत्पादनलाई प्रवद्धन गरिने मेला मुल आयोजक समितिका संयोजक दिवाकर भुसालले बताउनु भयो । महोत्सवमा स्थानिय किसान मत्स्यपालकहरुको सहभागिता रहने उहाँको भनाई छ ।नेपालीहरुको महान पर्व माघी तथा
थारुहरुको नववर्ष खिचडीको अवसरमा गर्न लागिएको महोत्सवमा,स्थानिय खानाका परिकार, माछाका परिकार, कृर्षि यन्त्राहरु, साना– साना पोखरी, माछा, माछाका दाना लगाएतका ४५ ओट स्टल रहने छन् ।विभिन्न जात जातिका झांकी तथा नाचगान राष्ट्रिय तथा सथानिय कलाकारहरुको प्रस्तुत रहने प्रचार प्रचार उपसमिति संयोजक किरण नेपालले बताउनु भयो ।“कृषि, मत्स्य पर्यटन र पुर्वाधार ग्रामीण विकासको आधार” भन्ने मुल नाराका साथ यही पौष २६ गते देखि माघ १ गते सम्म महोत्सव संचालन गर्न लागिएको छ । महोत्सव अवलोकनका लागि निशुल्क प्रवेशको ब्यवास्था मिलाईएको आयोजकले जानाएको छ ।
प्रकाशित मिति : सोमबार, पुष २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्