तिलोत्तमा
एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ९ मंगलापुर रुपन्देहीको २४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सहकारीले स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जना शेयर सदस्यले रक्दान गरेका थिए । त्यस्तै स्थापना दिवसको अवसरमा सहकारीले केवलानी जनता माविलाई खेलकुद सामग्री र २ वटा फोहोर संकलन गर्ने डस्बिन, झरना स्पोटर््स क्लब कुन्जलापुरलाई २ वटा डस्बिन हस्तान्तरण गरेको छ ।
त्यस्तै सहकारीले बलेटक्सार सेवा केन्द्रमा गई बलेटक्सार माविलाई फर्निचर खरिद गर्न रु २० हजारको चेक हस्तान्तरण गरेको छ भने १३३ जना नयां शेयर सदस्यलाई प्रमाण पत्र प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रुरु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षले प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष फर्सराम ज्ञवाली, संस्थाका उपाध्यक्ष झविन्द्र प्रसाद कंडेल, वरिष्ठ सल्लाहकार हरि प्रसाद कंडेल, खगेन्द्रराज बन्जाडे, डा. क्रृषिराज शर्मा, केशव कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष मुकुन्दहरि ज्ञवालीले संस्थाको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
।
प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्