महिला पत्रकार अब्बल र जागरुक हुन आवश्यक छ:प्रदेश ५ का उपसभामुख कृष्णी थारु

महिला पत्रकार अब्बल र जागरुक हुन आवश्यक छ:प्रदेश ५ का उपसभामुख कृष्णी थारु

बुटवल ।
प्रदेश ५ का उपसभामुख कृष्णी थारुले महिला पत्रकार अब्बल र जागरुक हुनआवश्यक रहेको बताउनुभएको छ। उहाले पत्रकारीताको माध्यमबाट समाजमा महिलाको हक अधिकारको क्षेत्रमा र समाज सुधारमा अगाडि बढन आग्रह गर्नभयो।सन्चारिका समूह प्रदेश ५ ले आयोजना गरेको लैङ्गीक तथा लक्षित बर्गमैत्री पत्रकारिता क्षमता बिकास तालीमको उद्घाटन कार्यक्रममा बोल्दै उपसभामुख थारुले महिलाका जिम्मेवारी धेरै भएको भन्दै बिबाह ,भैसकेपछी आमा भइ सकेपछी पनि महिला पत्रकार बिस्थापित हुने बाताबरण सिर्जना हुन नहुने बताउनुभयो ।\

नितिले मात्र नहुने भन्दै नागरिकको व्यबहार परिबर्तन गर्न सकिदै बिचारलाई परिबर्तन गर्न सकिँदैन तब सम्म परिबर्तन हुन नसकिने बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले पत्रकारिता क्षेत्र सरल नहुदा नहुदै पनि महिला पत्रकारहरुको संख्या वृद्धि गर्नका लागि एक जुट भएकोमा खुशी ब्यक्त गर्नुभयो५१.५ प्रतिशत महिलाको सख्या हुदाहुदै पनि महिलाको बिकास नगन्य भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।दिगो र समाबेसी बिकासका लागि महिलाको बिकास अपरिहार्य भएको बताउनुभयो। प्रदेश सरकारले अगाडि सारेको समृद्ध प्रदेश र खुसी जनता हुन एक रथका २ पाङग्रा भनिने महिला र पुरुष संगसङै हुड्न पर्ने बताउनभयो । सुचनाको सत्यताका आधारमा पत्रकारिता गरेर पत्राचारले रास्ट्रको सेवा गरेको बताउनुभयो ।

प्रदेश ५ का उपाध्यक्ष भरत के सी पत्रकारले परिणाममुखी हुन आग्रह गर्नुभयो । लैङ्िगकताका विषयमा बृहत रुपमा विषय उठाउन पर्ने बताए । संघीयता र सम्सदिय रोपोटीङ मोफसलमा अभ्यासको रुपमा थियो तर सिक्दै गर्दै गर्दा अभ्यास भएको र गरे पछि सफल भइने भ्न्दै महिलाहरु पत्रकारीताबाट दिगो रुपमा रहिरहन टीकाउनका लागि सरकारी सम्यन्त्रले पनि सहयोग गर्नु पर्ने बताउनुभयो ।सन्चारिका समुह प्रदेश ५ का अध्यक्ष पार्बती पाण्डे , महासचिव अमृता अनमोल , सचीव माया के सी , सल्लाहकार नारायणी रजौरे लगायतले बोल्दै पत्रकार महिलाको क्षमता बिकास गर्ने र दीर्घकालिन पत्रकारिताको अभ्यासका लागी तालिमको आयोजना गरिएको बताएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश ५ को सहयोगमा ५ दिन सम्म चल्ने तालिममा प्रदेश ५ का १२ जिल्लाका सक्रिय महिला पत्रकारको सहभागीता रहेको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij