JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला बुधबार सकिँदै

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला बुधबार सकिँदै

 

बुटवल, जनता टुडे- बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को भोली बुधबार समापन गरिँदै छ ।

मेलाको समापन नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो । त्यस्तै समापनकै दिन बुधबार दोहोरी गीत प्रतियोगिताको फाईनल प्रतिस्पर्धा हुनेछ भने लोक तथा दोहोरी गायक घनश्याम रिजाल, लक्ष्मण खड्का, श्रीधर अधिकारी, लोकन्द्र सापकोटा र आधुनिक तथा अर्जुन कौषल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । समापनकै अवसरमा अर्घाखाँचीको चर्चित खिल्जी सरायँ नाच प्रस्तुत गरिने छ ।

मेलामा मंगलबार प्रकाश सपुथ, रामजी खाँण, ओम ज्ञवाली, शिलु भट्टराई, रेनु राना, नारायण विपी परियार तथा आधुनिक कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै आधुनिक तथा भ्वाईस अफ बुटवलको फाईनल प्रतिस्पर्धा भएको छ ।

मेला समापनमा मेलामा राखिएका बिभिन्न उत्पादनका उत्कृष्ट स्टल धनीहरु, मेला सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको संघका महासचिव तथा मेला प्रवद्र्धन एवं सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij