पत्रकार श्यामलाल पोखरेललाई मातृशोक

पत्रकार श्यामलाल पोखरेललाई मातृशोक

बुटवल, जनता टुडे-पत्रकार श्यामलाल पोखरेललाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य तथा पार्षद पोखरेलका ६५ बर्षिय माता पद्म कुमारी पोखरेलको तिलोत्तमा शंकरनगरमा बुधबार विहान निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित माताको निधनप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीले शोक वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले एक वक्तव्य जारी गरि पत्रकार पोखरेललाई परेको मातृ शोकप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । झिमरुक ३ बेओरे स्थायी निवासि स्व. पोखरेलको प्यूठानमै अन्तिम दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।

नेपाल पत्रकार महासंघले पत्रकार पाखरेल निवास तिलोत्तमा शंकरनगरमा मौन धारणा गर्दै समवेदना समेत दिएको थियो । प्रगतिशील पत्रकार संघ नेपल रुपन्देहीका अध्यक्ष समेत रहेका पत्रकार पोखरेल माताको निधनप्रति विभिन्न संघसंस्थाले समेत वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेका छन ।

प्रकाशित मिति : बुधबार, पुष २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij