JanataToday.com

Advertisment

SKIP THIS

भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

 

बुटवल
बुटवलमा सञ्चालन गरिएको ‘भ्वाईस अफ बुटवल’को उपाधि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सिद्धार्थ गैरेले हात पारेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्रामका सिद्धार्थले मंगलबार भएको ग्राण्ड फिनालेमा २१ जना कन्टेष्टेन्टहरुलाई पछाडी पार्दै ‘भ्वाईस अफ बुटवल’को उपाधि हात पारेका हुन् ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा यहि पुसको ९ गतेदेखि बुटवल देवीनगरमा सञ्चालन गरिएको भ्वाईस अफ बुटवलको उपाधिकालागि २१ जनाले प्रतिस्पर्धा गरेका थिए । बुटवलको एम्स कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षीय सिद्धार्थ सानैदेखि गायनमा रुचि राख्ने र बुटवलको बागेश्वरी संगितालयमा संवित विधामा कक्षा लिईरहेको बताउँछन् । बुवा तुमलाल र आमा साबित्रा गैरेका छोरा सिद्धार्थले २०७४ मा तिलोत्तमा भएको व्यापार मेलामा सञ्चालन भएको भ्वाईस अफ तिलोत्तमाको सेकेन्ड रनर अफ हुन सफल भएका थिए ।
मंगलबार भएको ग्राण्ड फिनालेमा तिलोत्तमा नगरपालिका वडा नं. १ शंकरनगरकी वर्षा ज्ञवाली द्वितीय भएकी छन् । बुवा विष्णुप्रसाद र आमा भगवती ज्ञवालीकी छोरी १६ वर्षीया वर्षा दुर्गादत्त माध्यमिक बिद्यालय शंकरनगरमा कक्षा १० मा अध्ययन छन् । भ्वाईस अफ बुटवलको प्रतिस्पर्धामा उत्रिएका पाल्पा माथागढीका सन्दिप मगर तृतीय भएका छन् । पाल्पाको माथागढी गाउँपालिका गोठादी घर भई बुटवल कालिकानगरमा बस्ने सन्दिप मायाँदेवी टेक्निकल कलेजमा डिप्लोमा ईन फार्मेसी अध्ययन संगै तीन चार वर्षदेखि संगित बिधा पनि अध्ययन गरिरहेका छन् ।
गोदरेज किचनको प्रायोजनमा आयोजना गरिएको भ्वाईस अफ बुटवलको उपाधि विजेता सिद्धार्थलाई ६५ हजार ५५५, द्वितीय वर्षालाई ३५ हजार ५५५ र तृतीय सन्दिपलाई २५ हजार ५५५ रुपैंया नगद सहित पुरस्कार प्रदान गरिएको संघका सदस्य तथा आधुनिक सांस्कृतिक कार्यक्रम संयोजक मनोज ध्वजुले जानकारी गराउनु भयो ।
उनीहरुलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमाल, आधुनिक कार्यक्रम संयोजक मनोज ध्वजु, प्रायोजक गोदरेज किचनका सुमन केसी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको सञ्चालन सुमन अधिकारीले गर्नुभएको थियो भने निर्णायकमा सुरेश सेन्चुरी, नारायण थापा, बसन्त श्रेष्ठ र सुदन बासकोटा रहनु भएको थियो । भ्वाईस अफ बुटवलको टप फाईभमा प्रतिस्र्धा गरेका बुटवल ११ देवीनगरका १६ वर्षीय सागर घिमिरे र रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ७ भगलापुरकी अञ्जली थारुलाई प्रोत्साहन स्वरुप जनही १० हजार ५५५ रुपैंया नगद पुरस्कार सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

प्रकाशित मिति : बुधबार, पुष २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij