बुटवल ।
रुपन्देहीको सियारी गाउँपालीका वार्ड नं १ मा श्रीमानद्धारा श्रीमतीको हत्या गरेको छ । यही पुस २२ गते मंगलवारका दिन सियारी गाउँपालीका वार्ड नं१ स्थित सुर्यबहादुर कुंवरको घरमा डेरा गरी बस्ने सोही गाउँपालिका वार्ड नं३ स्थायी घर भएकी बर्ष ३० की कान्छी सुवेदी भन्ने चम्पा क्षेत्री कुमालकालाई बर्ष ३२ को सनी कुमालले हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता सूचना अधिकृत प्रनाउ खडकबहादुर खत्रीका अनुसार मृतकलाई निजकै श्रीमान सनी कुमालले फलामको हेम्मरले टाउको, अनुहार, छातीपेट समेतमा प्रहार गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले कुमाललाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जनाएको छ
प्रकाशित मिति : बुधबार, पुष २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्