बुटवल ।
जनचेतना सरोकार मञ्च अर्घाखँचीको आयोजनामा भारत प्रवासी परिवारहरुको आर्थिक शशक्तिकरण अनुभव सिकाई विषयक अन्र्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।कार्यक्रमलाइ सम्बोधन गर्देप्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अवको विकल्प भनेको समुहिक खेती प्रणाली भएको बताउनुभएको छ । उहाले अव एकल रुपमा नभई सामुहिक भावनाले चक्लाबन्दी गरेर गर्ने खेतीले लागत कम हुनुको साथै मुनाफामा वृद्धि गर्न सकिने बताउनुभयो । मन्त्री पौडेलले यसको लागि प्रदेश सरकार किसानहरुलाई सघाउनको लागि तयार भएको बताउनुभयो ।
स्थानिय तहको सहकार्यमा मञ्चले प्रदान गर्दै आएको सेवाको विषयमा जानकारी गराउदै मञ्चका परियोजना प्रमुख श्रीधर पाण्डेले विप्रेषणमा आधारित सेवा प्रदान गर्ने गरेको जानकारी दिनुभयो । उहाले विदेशबाट आएको रकम लाई गाउँमा नै उद्यमी निर्माण गर्नको लागि परियोजनाले विशेष भुमिका खेलेको मञ्चका युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रममा अक्सफाम नेपालका नेपाल निर्देशक महेन्द्र नारायण महतो, समुहका प्रेमी सुनार, सिता खड्का लगायतले बोल्दै परियोजनाले गरेका कार्यक्रमले धेरै परिर्वतन आएको बताउनुभएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु जालपा भुषाल, निर्मला क्षेत्री, रामजी प्रसाद घिमिरे, चेत नारायण आचार्य , भुमीकास्थान नगरपालिका प्रमुख रेशम बहादुर थापा, मञ्चका अध्यक्ष टेकराज गौतम लगायतले बोल्दै बिदेशबाट आउने रकमलाइ सदुपयोग गर्नुपर्ने बताउनुभयो । ’अक्सफाम नेपालको सहयोगमा अर्घाखाँची जिल्लाको भुमिका स्थान नगररपालिका वडा नम्बर १, २ ढाकावाग र धारपानी, ढिकुरा सिंतगंगा नगरपालिकाका वडा नम्बर ५, ६ जुकेना, मालारानी गाउँपालिकाका वडा नम्बर ४ खन र वडा नम्बर ५ बामुरुक, वडा नम्बर ६ हंसपुर र ७ गोखुंगा गरी कुल ११ वटा वडामा जनचेतना सरोकार मञ्चको सहयोगमा सहकारी स्थापना गरी सामुहिक पशुपालन, खेती तथा विप्रेषण सेवा प्रदान गर्दैै आएको छ
प्रकाशित मिति : बुधबार, पुष २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्