बाणगंगाका होटेलमा शुद्धताको मापदण्ड स्टीकर लगाइँदै

बाणगंगाका होटेलमा शुद्धताको मापदण्ड स्टीकर लगाइँदै

कपिलवस्तु।
खाद्य प्रबिधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुले बाणगंगा चार नम्बर जितपुर क्षेत्रका होटेलहरुको मूल्यांकलन गरि स्टिकर प्रदान गर्ने भएको छ । पहेलो र हरियो ताराहरु अंकित स्टिकर प्रदान गर्न ७ सदस्यीय मूल्याकंन समिति गठन भएको छ । समितिमा होटल तथा रेष्टुरेन्ट ब्यवसायि संघ ,उपभोत्ता हित संरक्षण मञ्च ,ईलाका प्रशासन कार्यालय ,खुद्रा ब्यापारी संघ र खाद्य प्रबिधि तथा गुण नियन्त्रणका प्रतिनिधि रहनेछन । सो समितिले होटल तथा रेष्टुरेन्टहरुको सरसफाई तथा शुद्धतालाई मूल्यांकन गरि बिभिन्न स्टिकर प्रदान गर्ने भएको हो ।
स्वाच्छताको मापदण्ड पूरा गरेका होटल तथा रेष्टुरेन्टले हरियो स्टिकर पाउने छन भने स्वच्छता र सरफाई स्तर राम्रो भएमा ३ तारे हरियो स्टिकर पाउने छन । जितपुर क्षेत्रमा यसप्रकारको मूल्याकंलन पहिलो पटक गर्न लागिएको खाद्य प्रबिधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय कपिलवस्तु तौलिहवाका प्रमुख बिजय पोख्रेलले जानकारी दिनुभयो । मूल्याकंन गर्नुपूर्ब बुधबार जितपुरमा भएको होटल तथा रेष्टुरेन्ट ब्यवसायि संघसंग भएको अन्तरक्रियामा खाद्य प्रबिधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय रुपन्देही भैरहवाका प्रमुख श्रवण कुमार ढुङगानाले बिभिन्न ५० वटा सुचकहरु सकारात्मक भएमा त्यो स्तरको ३ स्टार सरहको मान्यता प्रदान गर्ने अधिकार मूल्याकंन समितिलाई रहेको प्रष्टाउनुभयो ।
सोही कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय बाणगंगाका प्रमुख बिष्णु ज्ञवालीले खाद्य सुरक्षा र सावधानिमा उपभोक्ता र बिक्रेताहरु सचेत बन्नुपर्ने औल्याउनुभयो । सोही कार्यक्रममा उपभोक्ता हित संरक्ष्ण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले उपभोक्ताको स्वास्थ्यप्रति कुनै पनि प्रकारको त्रृटी हुन नहुने औल्याउनुभयो । कार्याक्रम खाद्य प्रबिधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको आयोजना र होटल तथा रेष्टुरेन्ट ब्यवसायि संघ कपिलवस्तुको समन्वयमा भएको थियो । कार्यक्रमको सहजिकरण होटल तथा रेष्टुरेन्ट ब्यवसायिसंघ कपिलवस्तुका महासचिब रबिन्द्र पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij