राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला शाखा गठन

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला शाखा गठन

बुटवल ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला शाखा गठन भएको छ ।आज रुपन्देही शाखाको प्रथम भेलाले देवदह टेलिभिजनका समाचार प्रमुख टंक सुनारको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रेडियो जागरणका शशि परियार, सचिवमा रेडियो मलमलाका सुरेश परियार, कोषाध्यक्षमा दैनिक पत्र दैनिकका कृष्ण रणपाल र सहसचिवमा रेडियो जागरणका गोविन्द रसाईली चयन भएका छन् । यसैगरि सदस्यहरुमा सुरेश परियार, तिर्सना पन्थी, सिता दर्नाल, सुदीप पहाडी, प्रमोद नेपाली र भरत नेपाली रहेका छन् । यसैगरि सल्लाहाकारमा सञ्जय सौगात, राधेश्याम विश्वकर्मा, विवेक विश्वकर्मा, फूलु सुनार, किसन बराल, अम्बिका परियार र अमरदीप बिसि रहेका छन् ।

Image may contain: 5 people, people smiling, people sitting
नवनिर्वाचित जिल्ला समितिलाई प्रदेश ५ का सांसद दीपा विश्वकर्मा र राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अविर लगाएर बधाई दिनुभयो । मानव अधिकारकर्मी गोविन्द खनालको संयोजकत्वमा गठन भएको तीन सदस्यीय निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन भएको घोषणा गरेको हो । समितिको सदस्यहरुमा दलित अधिकारकर्मीहरु हरि बोमरेल र मनु खड्का रहेका थिए । नवनिर्वाचित अध्यक्ष सुनारले टिमलाई सँगै लिएर रचनात्मक काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
यसअघि भएको उद्घाटन सत्रमा बोल्दै नेपाली पत्रकारितामा दलित समुदायको बिषयलाई गहन रुपमा अगाडि ल्याउनका लागि पत्रकार संघले प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवालाहरुले सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै प्रदेश ५ का प्रदेश सांसद दीपा विश्वकर्माले दलित समुदायका पत्रकारहरु संगठित भएर लाग्नु अत्यन्तै खुशिको कुरा भएको भन्दै पत्रकारिताबाट समुदायले समस्या उजागर गर्न आग्रह गर्नुभयो ।

Image may contain: 3 people, people smiling, people sitting
उहाले सामाजिक संरचनाका कारण कयौं विभेदहरु बाँकी रहेको भन्दै पत्रकारिताले त्यसलाई चिर्दै अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित आन्दोलनको साझा संस्थाका रुपमा पत्रकार संघलाई स्थापना गरिएको बताउनुभयो । उहाले ३० भन्दा बढि जिल्लामा शाखा गठन भइसकेको र प्रदेश भेलाहरु समेत भइरहेकाले अब नेपालका २ हजार दलित पत्रकारहरु संगठित रुपमा भेदभावका विरुद्ध एकजुट भएको बताउनुभयो ।

Image may contain: 15 people, including Govinda Khanal, Binod Pahadi and Binod Pariyar, people smiling, people standing
उहाले दलित समुदायका पत्रकारहरुको क्षमता अभिबृद्धिसँगै, विभिन्न अग्रजहरुको नाममा पुरस्कार स्थापना गरेको समेत बताए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभाति गोविन्द खनाल, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एचवि रम्तेल, दलित अधिकारकर्मी हरि बोमरेल, नेपाल प्रेस यूनिय रुपन्देहीका सभापति रेखा भुसाल, दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य विनोद परियार, पत्रकार सञ्जय सौगात, दलित महिला संघ रुपन्देहीका अध्यक्ष मनु खड्का, जगलाल नेपाली लगायतले बोल्दै दलित पत्रकारहरु संगठित हुनु राम्रो भएको भन्दै सफललताको शूभकामना दिएका थिए ।

प्रकाशित मिति : बिहिबार, पुष २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij