गुल्मी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई कफी सुपर जोन गुल्मीको आंव०७६र०७७को स्वीकृत बार्षिक कार्यक्रम अनुसार आज अर्घाखाचिमा कार्यक्रम सार्बजनिकीकरण तथा स्थानिय तहको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अर्घाखाचिका प्रमुख पिताम्बर शर्माले अर्घाखाची पनि कफि सुपर जोनको क्षेत्रमा समाबेस भएकोमा खुसि ब्यक्त गर्नुका साथै परियोजना बाट विगतमा विभिन्न कार्यक्रमका लागि ८५प्रतिशत कृषकहरुका लागि अनुदान प्रदान गरिएको तर यो आ।ब।मा ५०प्रतिशत मात्र अनुदानका कार्यक्रमहरु हुदा धेरै कृषकहरुले कार्यक्रमको फाइदा लिन नसक्ने हुनाले विगतमा जस्तै८५ प्रतिशत परियोजनाबाट र१५प्रतिशत कृषकको सहभागिताका कार्यक्रमहरु हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिती अर्घाखाचीका उपप्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि।क, मालारानी गाउपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्री लगाएतले मन्तब्य राख्नु भएको थियो ।
उक्त कार्यक्रममा ३०जना कफि उत्पादन कृषकहरुको सहभागिता रहेको थियो भने कार्यक्रम परियोजनाका निमित्त कार्यालय प्रमुख समिरसिँह बराइ मगरको अध्यक्षता जिल्ला समन्वय समिती अर्घाखाचीका प्रमुख पिताम्बर शर्माको प्रमुख आथित्यता, जिल्ला कफि उत्पादक संघ अर्घाखाचीका अध्यक्ष पुष्करनाथ बन्जाडेको स्वागत मन्तब्य र प्रां ंसं नरेन्द्र सुनारको सन्चालनमा भएको थियो ।
कफि सुपर जोनको गुल्मी, अर्घाखाची, पाल्पा, स्याङ्जा र प्युठान गरि पाच वटामा जिल्ला कार्य क्षेत्र रहेको र हाल सम्म जम्मा४१वटा कफि उत्पादन कृषक समुह,सहकारी तथा फर्महरु सुपरजोनमा आबद्ध रहेको परियोजनाका निमित्त कार्यालय प्रमुख तथा कृषि अधिकृत समिर सिँह बराइ मगरले जानकारी दिनु भयो । परियोजनाको कार्यक्रम सार्बजनिकीकरण कार्यक्रम यस अघि प्युठान गुल्मी र स्याङ्जामा सम्पन्न भइसकेको र अब कार्यक्रम सन्चालन गर्न बाकि रहेको जिल्ला पाल्पामा पनि छिट्टै कार्यक्रम सार्वजनिकिकरण कार्यक्रम सम्पन्न गरिने कार्यक्रम संयोजक प्रमोद अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, पुष २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्