तिलोत्तमा, जनता टुडे- स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित रिभरसाईड यूथ क्लव र तिलोत्तमा आमा समूहले पाँचौं माघी मेला गर्ने भएका छन् ।
यही माघ १ र २ गते तिनाउ पुल गोरकट्टामा माघी मेलाको आयोजना गर्न लागिएको हो । माघी मेलासँगै आत्मसुरक्षा तालिम र विभिन्न खेलकूद प्रतियोगिता पनि सञ्चालन गरिने शनिबार आयोजित कार्यक्रममा क्लवका अध्यक्ष नरबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
स्थानीय युवा तथा महिलाहरुलाई एकतावद्ध गराउने उद्देश्यले आमा समूहसँग मिलेर मेलाको आयोजना गरिएको उहाले बताउनुभयो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती देखाइने छ । राष्ट्रिय लोक तथा दोहोरी गायिका देवी घर्ती, हास्य कलाकार दिनेश काफ्ले, लोक दोहोरी गायक धन बहादुर गुरुङ, गायिका तथा डान्सर सलिना नेपाली, डान्सर सरिश्मा मगर, विनिता शाही लगायतको मेलामा प्रस्तुती रहने उहाले बताउनुभयो ।
मेलाले स्थानीय समुदायलाई एकत्रीत गर्नुका साथै कला संस्कृतिको समेत प्रवद्र्धन हुने तिलोत्तमा आमा समूहकी अध्यक्ष आशामाया थापाले बताउनुभयो । मेलामा कराँते प्रशिक्षकबाट आत्मसुरक्षा तालिम पनि सञ्चालन गरिने र महिलाहरुको लाग कुर्सी रेस प्रतियोगिता पनि गरिने उहाले बताउनुभयो।
क्लवका सल्लाहकार खुमबहादुर थापाले आपसी सम्बन्धलाई थप बलियो बनाउन र स्थानीय बासिन्दालाई यही क्षेत्रमै एकत्रित गर्न माघी मेला सफल हुने बताउनुभयो । युवा क्लव र आमा समूहले संयुक्तरुपमा मेला आयोजना गरेर एकताको सन्देश दिन खोजेको भन्दै स्थानीयबासीको एकताले मेला सफल हुने क्लवका सल्लाहकार जगत पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले माघी पर्वको मौलिकतालाई जोगाईराख्न स्थानीय क्लव र आमा समूहले थालेको प्रयास सह्रानीय रहेको भन्दै परम्परागत धर्म संस्कृतिको जगेर्ना गर्दै यस्ता पर्वहरुको महत्वलाई थप उजागर गर्न आग्रह गर्नुभयो । क्लवका सचिव बालकृष्ण पौडेलले बिगतका वर्षमा आयोजना गरिएका मेला स्थानीयको सहयोगले सफल भएको भन्दै यसवर्षको मेला सफल पार्नका लागि पनि स्थानीय एकजुट भएको बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, पुष २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्