जनता टुडे,बुटवल ।
आगामी माघ १६ गतेदेखि १९ गतेसम्म रुपन्देहीमा गैरहेको राइला लुम्बिनी–२०२० आयोजना गरिने भएको छ । त्यसको तयारीका बारेमा शनिवार समिक्षा तथा छलफल भएको छ ।
रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ सैनामैना तथा रोटरी क्लब सेन्टर, बुटवलको संयुक्त आयोजनामा हुने कार्यक्रममा १२ बर्षदेखि १६ बर्षसम्म उमेरका विद्यार्थी बालबालिकाहरुलाई क्षमता अभिबृद्धि तालिम तथा उनीहरुको प्रतिभा प्रर्दशन गर्ने उद्देश्य राखिएको छ । कार्यक्रममा ५ नं. प्रदेशका जिल्लाहरुबाट ५० जना बालबालिकाहरुले आफ्नो प्रतिभा राख्ने जनाइएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर रोटरी युथ लिडर सिपको प्रशिक्षण दिइने रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्ली कुमार श्रेष्ठले बताउनु भयो । क्याम्पमा राखेर नेपालको इतिहास, बर्तमान तथा सांस्कृतिक पक्ष तथा नेतृत्वको क्षमताको विकासका बारेमा जानकारी गराइने छ । सो अवसरमा क्षमता प्रर्दशन गर्ने अवसर प्रदान गर्ने र उत्कृष्ट हुनेलाई रोटरी युथ लिडरसिप अर्वाड प्रदान गर्ने कार्यक्रम रहेको छ ।
रोटरी क्लब अफ बुटवलको १२९३ औं बैठक शनिवार क्लब भवन बुटवलमा सम्पन्न भएको छ । सो बैठकमा कार्यक्रम तयारी समितिका सहसंयोजक कृष्णप्रसाद पराजुलीले तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।
क्लब बैठकमा उद्योगी हरि बहादुर खत्रीलाई अतिथि बक्ताका रुपमा बोलाइएको थियो । सो अवसरमा खत्रीले आफ्नो व्यवसायीक यात्रा र समाज परिर्वतनका लागि खेल्नु पर्ने भूमिकाका बारेमा आफ्नो भनाई राख्नु भएको थियो ।
क्लबका अध्यक्ष रो. दिल्ली कुमार श्रेष्ठको अध्यक्षता, रो. टिकाराम अधिकारीको स्वागत तथा रो. प्रज्वल थान्जुको धन्यवादमा भएको कार्यक्रममा रोटरियनहरु कृष्णप्रसाद अर्याल, मणिरत्न पाण्डे लगायतले जिज्ञाशा राख्नु भएको थियो भने रो. बालकृष्ण पौडेलले खत्रीको जिवनीका बारेमा जानकारी गराउनु भएको थियो
प्रकाशित मिति : शनिबार, पुष २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्