लुम्बिनी बोर्डिङमा खेल महोत्सव सुरु

लुम्बिनी बोर्डिङमा खेल महोत्सव सुरु

जनता टुडे- विद्यार्थीहरुको शारीरिक, मानसिक लागायत चौतर्फी विकासका लागि लामो समयदेखि प्रतिबद्ध बुटवल–३ चिडियाखोलामा रहेको लुम्बिनी बोर्डिङ स्कुलमा खेल महोत्सव २०७६ सुरु भएको छ ।
विद्यालयका सह प्राचार्य हरिप्रसाद ज्ञवालीको अध्यक्षता र बुटवल उप महानगरपालिका वडा.न. ४ का वडाध्यक्ष टङ्क पराजुुलीको प्रमुख आतिथ्यतामा सञ्चालित उदघाटन कार्यक्रममा विद्यालयका प्राचार्य एवम् प्याब्सन प्रदेश न.५ का सचिव लालहरि पाण्डे, विद्यालय संयोजक कोशलराज बस्याल, प्राइमरी इन्चार्ज लता प्रधान श्रेष्ठ लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर उदघाटन भएको खेल महोत्सवमा विद्यार्थीहरुले मार्च पास गरेका थिए । चार दिनसम्म सञ्चालन हुने खेलहरुमा पूर्व प्राथमिक तहतर्फ ६ वटा, कक्षा नर्सरीदेखि ३ सम्म ११ वटा, कक्षा ४ देखि कक्षा ६ सम्म १५ वटा र कक्षा ७ देखि कक्षा ९ सम्म ११ वटा खेलहरु खेलाइने जानकारी खेल संयोजक राजकुमार पाण्डेले दिनुभएको छ । खेल महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै प्राचार्य लालहरि पाण्डेले विद्यालयले अध्ययनको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि त्यतिकै जोड दिदै आइरहेको कुरा बताउनु भयो । त्यस्तै प्रमुख अतिथि बुटवल उप महानगरपालिका वडा न. ४ का अध्यक्ष टङ्क पराजुलीले नगरपालिले विद्यार्थीको खेलकुदमा चासो राख्दै खेलकुद कार्यक्रमहरु सञ्चालन गर्र्र्र्र्र्र्दैै आइरहेको प्रसङ्ग उल्लेख गर्दै लुम्बिनी बोर्डिङले गरेका शैक्षिक र अतिरिक्त क्रियाकलापको प्रशंसा गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तब्यसहित खेल महोत्सवमा खेलाइने खेलहरुको बारेमा अतिरिक्त क्रियाकलाप प्रमुख सन्दिप पाण्डेले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक टेक बहादुर कुँवरले गर्नु भएको थियो ।
आज सम्पन्न भएका खेलहरुका कक्षा नर्सरीदेखि यू.के.जी सम्म म्यूजिकल चियर, स्पुन रेस, हट पोट्याटो अनि कक्षा १ देखि ३ सम्म मेमेरी टेस्ट, ५० मी.दौड र म्यूजिकल चियर रहेका छन् । यसैगरी कक्षा ४ देखि कक्षा ६ सम्म स्किपिङ, ब्लाइन्ड सर्ट, फ्रग रेस, ५० मी. दौड अनि कक्षा ७ देखि ९ सम्म टेवल टेनिस ब्याडम्टिन, व्लाइन्ड सर्ट, भलिवल आदि रहेका छन् । आज सम्पन्न भएका खेलहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्राचार्य लालहरि पाण्डे, विद्यालय संयोजक कौशलराज बस्याल, सह प्रार्चाय हरि प्रसाद ज्ञवाली, प्राइमरी इन्चार्ज लता प्रधान लगायतले पुरुस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
खेल महोत्सवको दोस्रो दिन भोलि १०० मी. दौड, स्विट रेस, स्लो साइकल, थ्रि लेग रेस, टेवल टेनिस, टग अफ वार, खोखो, क्रस कन्ट्रि दौड जस्ता खेलहरु सञ्चालन गरिने जानकारी अतिरिक्त क्रियाकलाप सन्दिप पाण्डेले दिनुभएको छ ।

प्रकाशित मिति : आइतबार, पुष २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij