रुपन्देही नागरिक समाजद्धारा आफना सदस्यहरुलाई प्रशिक्षण

रुपन्देही नागरिक समाजद्धारा आफना सदस्यहरुलाई प्रशिक्षण

बुटवल
राष्टिृय एकता दिवसको उपलक्ष्यमा रुपन्देही नागरिक समाजले आफना सदस्यहरुलाई प्रशिक्षण प्रदान गरेको छ । समाजले गर्नु पर्ने काम ,कर्तव्य र अधिकारका वारेमा प्रशिक्षण प्रदान गरिएको बताईएको छ । नागरिक समाजमा लाग्नेहरुले ईमानदारिता, जिम्मेवारीवोध,उत्तप्रेरणा, प्रतिवद्धता, उदारपना, क्रियटिभनेस, फिडव्याक,संचारमैत्रीपना लगायतका विषयमा जानकारी लिएको हुनु पर्ने र सोही विषयलाई आत्मसाथ गरि काम गर्नु पर्नेमा प्रशिक्षणका दौरानमा समाजका प्रमुख सल्लाहकार डा.ज्ञानदेव हटुवालले बताउनु भयो ।
उहाँले नेतृत्व गर्ने व्यक्तिले समाजलाई सहिमार्गमा डोराउनका लागि पहिला आफुमा ईमानदारिता र जिम्मेवारीता जरुरी रहेको औल्याउनु भयो । सोही समारोहमा रुपन्देही नागरिक समाजका अध्यक्ष क्या। रेशम केसीले नैतिक पतन भएका र फौजदारी अभियोग लागेकाहरुले नागरिक समाजको सदस्यता पाउन नसक्ने र दिन पनि नमिल्ने जानकारी गराउनु भयो ।
नागरिक समाजका सल्लाहकार ईश्वरी चापागाईले समाजमा लाग्नेहरुले समयको सदुपयोग गर्न र आर्थिक रुपमा समेत लोभलालचा गर्ने वानी हुन नहुने धारणा राख्नु भयो । तिलोत्तमा नगरपालिकाको वडानम्बर ८ करहियामा भएको प्रशिक्षण समारोहमा समाजका तिलोत्तमा नगर क्षेत्रका अध्यक्ष ईश्वरी पाण्डेको अध्क्षतामा भएको कार्यक्रममा सीता पौडेलले संचालन गर्नु भएको थियो । प्रशिक्षण समारोह पछि वनभोज कार्यक्रम समेत गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij