बुटवल : सूर्यको आराधना गरेर मनाईने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ दिइएको छ ।
तराईका अधिकांश जिल्लासहित काठमाडौं उपत्यका र पहाड केही जिल्लाहरुमा हर्षोल्लासका साथ छठ मनाइएको हो । उदाउँदो र अस्ताउदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा व्रतालु महिला पुरुषले चोखो नितो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।
आज बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ । यसअघि हिजो साँझ देशभरका छठी घाटहरुमा अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो । दिनभरको कठोर ब्रतसँगै अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि राजभर जाग्राम बस्ने र बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि ब्रत समाप्त हुन्छ । तराईका सबै जिल्लाका छठी घाटहरुमा ब्रतालुको बाक्लो उपस्थिति थियो ।
राष्ट्रपति बिद्यादेवी भण्डारी पनि कमलपोखरीस्थित छठी घाटमा पुगेर छठको पूजा तथा सूर्यलाई अर्घ चढाएका थिए । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा गरिएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्