JanataToday.com

Advertisment

SKIP THIS

खेलकुदको विकासमा विद्यालयको भुमिका अहमः एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा

खेलकुदको विकासमा विद्यालयको भुमिका अहमः एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा

पत्रकार दामोदर खनाल, सञ्जु पौडेल र कृष्ण खनाल सम्मानीत

पत्रकार दामोदर खनाल, सञ्जु पौडेल र कृष्ण खनाल सम्मानीत

बुटवल, जनता टुडे –अखिल नेपाल फुटवल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले खेलकुदको विका लागि विद्यालयको भूमिका अहम हुने बताउनुभएको छ ।

उहाँले विद्यालय स्तरमा हुने खेलकुदका क्रियाकलापहरुबाट नै देशका नाम राख्ने खेलाडी उत्पादन हुने भन्दै यसमा विद्यालयहरुको भुमिका ठुलो रहेको बताउनुभएको हो । बुटवल पब्लिक विद्यालयको १८ औ बार्षिक उत्सव तथा अभिभाव दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले विद्यालय स्तरमा खेलकुदका विभिन्न क्रियकलापहरुलाई विशेष जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालय स्तरमा आयोजना गरिएको विभिन्न खेलकुदका क्रियाकलपाहरुबाट नै देश विकासका लागि ठुलो योगदान पुग्ने भन्दै उहाले आधारभुत प्रशिक्षणको काम विद्यालय स्तरबाट नै हुनुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।सोही अवसरमा विद्यालयले लामो समय देखि विद्यालयमा सेवारत शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको थियो ।यसै वर्ष विद्यार्थी समेत सम्मान गरिएको कार्यक्रममा अग्रज पत्रकार दामोदर खनाल, पत्रकार सञ्जु पौडेल, कृष्ण खनाल लाई पत्रकारिता सम्मान बाट सम्मान गरेको थियो । विद्यालयका संस्थापक अध्यक्ष तथा निर्देशक हेमलाल शर्मा भुषालले विद्यालयको भावि योजनाको विषयमा प्रकाश पार्दे बर्तमानमा विद्यालयले गर्दै आएका विभिन्न क्रियालपाहरुको विषयमा प्रकाश पार्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, पुष २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij