बुटवल ।
सार्वजनिक सरोकार उपभोक्ता हित संरक्षण संघ नेपाल, रुपन्देहीले बुुटवलस्थित मानव सेवा आश्रममा बस्ने आश्रित व्यक्तिहरुलाई खाना खुवाएको छ ।
विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा काम गर्दै आइरहको संघले माघे सक्रान्तिको अवसर पारेरआजसहयोगापेक्षीहरुलाई बिहानको खाना खुवाएको हो ।
सो अवसरमा बोल्दै बुुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले आश्रमलाई सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाले बुटवल उपमहानगरपालिकाले पनि आश्रमका लागि सहयोग पुर्याउदै आएको जानकारी गराउनुभयो ।
आश्रममा १ सय ३० जना सडकबाट उद्दार गरेका व्यक्तिहरु बस्दै आएका छन । खाना खुुवाउने कार्यक्रमको शौजन्य बुटवलकी निर्मला श्रेष्ठ मल्लले गर्नुभएको थियो । संघका अध्यक्ष गुप्तबहादुर केसीले आफूले सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो ।
आश्रमका संयोजक सरु अधिकारीले आश्रम सञ्चालनका लागि सहयोगी मनहरुको आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य हरिबहादुर आचार्य क्षेत्री सहयोगापेक्षीलाई भोको नराख्नु नै सबैभन्दा ठूूलो धर्म रहेको बताउनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष पूूर्ण चन्द्र पाण्डेको अध्यक्षता तथा महासचिव तेजनारायण अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अर्यालले यही माघ २० गतेदेखि आश्रमले सञ्चालन गर्ने महायज्ञमा सञ्चार क्षेत्रबाट पनि सहयोग आवश्यक रहेकोमा जोड दिाुभयो।
प्रकाशित मिति : बुधबार, माघ १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्