JanataToday.com

Advertisment

SKIP THIS

वर्षाका कारण प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रभाबित

वर्षाका कारण प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रभाबित

बुटवल ,जनता टुडे – बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ बर्षका कारण प्रभाबित भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड हिजोदेखि शुरु भएपनि आज हुने भनिएको उद्घाटन सत्र स्थगित भएको हो ।

खेल मैदान भारी बर्षाका कारण खराब भएपछि तत्कालका लागि खेलहरु र उद्घाटन कार्यक्रम स्थगित गरिएको आयोजक समितिका अध्यक्ष नन्द बहादुर काउचाले बताए ।

प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि उनीहरुले भाग लिने छन् ।नगरभित्रका सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागि गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।

प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij