JanataToday.com

Advertisment

SKIP THIS

न्यु होराईजनले चुम्यो तेस्रो मदन भण्डारी फुटसल प्रतियोगिताको उपाधि

न्यु होराईजनले चुम्यो तेस्रो मदन भण्डारी फुटसल प्रतियोगिताको उपाधि


बुटवल ,जनता टुडे – तेस्रो मदन भण्डारी अन्तरमावि फुटसल प्रतियोगिताको उपाधि न्यु होराईजन माध्यमिक विद्यालयले जितेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगर कमिटिले आयोजना गरेको फुटसल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको तिलोत्तमा शान्तीचोकमा भएको फाईनल खेलमा स्कलर्सहोम माध्यमिक विद्यालयलाई ९–२ ले पराजित गर्दै न्यू होराईजनले उपाधि जितेको हो ।

उपाधि विजेता न्यु होराईजनले नगद २४ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पार्यो । यो संगै न्यू होराईजनले लगातार तेस्रो पटक उपाधि चुम्न सफल भएको छ ।त्यस्तै उपविजेता बनेको स्लकर्सहोमले नगद १२ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको कार्यक्रम संयोजक मदन जंग पुनले जानाकारी दिनुभयो ।

विजयी खेलाडि हरुलाई मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष धुब्र आचार्य, नगरकमिटि अध्यक्ष समुन्द्र श्रेष्ठ, एक्सपर्ट एजुकेशनलका रोशन कंडेलले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले खेलकुदको विकास संगै नयां नयां खेलाडि उत्पादनमा एकेडेमी लागेको बताउनुभयो ।

पछिल्लो समय युवा पुस्तामा खेल प्रतिको रुची बढेको भन्दै एकेडेमीले नयां खेलाडिको उत्पादन र पुराना खेलाडिको क्षमता बृद्धि गर्ने योजना सहित अगाडि बढेको बताउनुभयो । उहाले खेल विद्यामा स्पोर्टस एकेडेमीले गरेको भुमिकालाई सरकारले सम्मान गर्दै हौसल्ला प्रदान गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रम मदन भण्डारी स्पोर्टस एकेडेमी बुटवल नगर कमिटिका अध्यक्ष समुन्द्र श्रेष्ठको अध्यक्षता तथा नगर सचिव केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij