गुल्मी
विगत दुई दिनदेखि लगातार परेको वर्षाले रिडीमा चलेको महोत्सवलाई प्रभावित गरेको छ। उद्योग वाणिज्य संघ रिडी शाखा र रुरु फ्रेन्डस क्लबले संयुक्त रुपमा आयोजनामा चलेको रुरु महोत्सवको स्टलहरुमा खोलाको पानी पसेसँगै केही स्टलका सामग्री बगाएको स्थानीयले बताउँछन्। खोला किनारमा रहेका केही होटलका स्टलहरुमा रहेका सामग्रीहरूमा क्षति पुगेकाले सबैलाई सुरक्षित स्थानमा सारिएको चिरन्जिबी ज्ञवालीको भनाई छ। पानी रोकिएपछि मात्रै त्यस स्थानका स्टललाई व्यवस्थापन गरेर अगाडि बढने अयोजकले जनाएएको छ। तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा १२ वर्ष पछि दोश्रो रुरु महोत्सव सुर भएको थियो। रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै नेपाल भ्रमण वर्ष र त्यसको प्रभावमा ल्याउनको निम्ति रिडीमा महोत्सव गरिएको हो। महोत्सवको माध्यमबाट रिडीमा करिब तीन लाख पर्यटक भित्र्याउने लक्ष राखिएको छ। रिडीमा लागेको मेलासँगै बिभिन्न सामग्री बिक्रीका लागि २५० वटा स्टल राखिएको छ। रुरु महोत्सवको पुस २९ गते पर्राष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उदघाट्न गर्नुभएको थिया ।े
प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्