जनता टुडे, बुटवल ।
दुई हजार घुस लिने रुपन्देही जिल्ला अदालतका नायब सब्बा वद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ अदालतको धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि उनीहरुले घुस लिएको खुलेकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
रुपन्देही जिल्ला अदालतमा कीर्ते मुद्दाको अनुसन्धानको क्रममा धरौटीमा राखेको रकम फिर्ता लिन गएका सेवाग्राहीलाई उनीहरुले बिभिन्न बहाना बनाई आलटाल गरी दुस्ख हैरानी दिएको र काम छिटो गरिदिने भनी २ हजार रुपैयाँ लिएको अख्तियारको भनाइ छ ।
प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्