JanataToday.com

Advertisment

SKIP THIS

श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था सचिवालय समितिद्धाराअर्ध वार्षिक समीक्षा

श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था सचिवालय समितिद्धाराअर्ध वार्षिक समीक्षा

बुटवल ।
श्रीतिलोत्तमा बहुमुखी सहकारी संस्था लि ती न पा २ कोTMC sisters´ societyको सचिवालय समितिले अर्ध वार्षिक समीक्षा गर्नुका साथै विभिन्न निर्णयहरू गरेको छ ।सचिवालय समितिको अध्यक्ष श्री यादा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले सिस्टर्स सोसाइटीका विभिन्न वडामा रहेका पदाधिकारी तथा सदस्यहरूका लागि नेतृत्व बिकास तथा उद्घोषण तालिम को आयोजना गर्ने , तिलोत्तमा उद्योग बाणिज्य संघद्वारा आयोजित माघ १० गते देखि शुरू हुने दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६लाई सफल बनाउन सक्रीय सहभागिता जनाउने र सिस्टर सोसाइटीले उत्पादन गरेका उत्पादनहरूलाई बिक्रिका लागि स्टल राख्ने ,सचिवालय बैठक संचालन कार्यविधी तयार गरि लागू गर्ने निर्णय गर्नुका साथै तिलोत्तमा बहुमुखी सहकारी संस्था लि। ती न पा (२ का सल्लाहकार श्री रामकृष्ण खाँण राष्ट्रिय सहकारी महासंघको संचालक सदस्य पदमा निर्बिरोध निर्वाचित हुनुभएको हुँदा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ। यसैगरी बुटवल उपमहानगर पालिका वडा नं ९ कि यस सोसाइटीकि सचिव शोभा खड्का को सासूआमा पबित्रा खड्का को ८१ बर्षको उमेरमा स्वर्गारोहण भएकोले दिवंगत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट गर्ने निर्णय गरेको छ । सचिवाल समितिको सचीव बिना मल्लको संचालनमा भएको कार्यक्रममा सोसाइटीका नया सदस्य ज्युहरूलाइ स्वागत गर्दै संस्थाका अध्यक्ष श्री माधवलाल देवकोटा , सचिव पार्वती थापा लगायत्ले सोसाइटीका वडाअध्यक्षा ज्युहरूले आफ्ना धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति : सोमबार, माघ ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij