सैनामैना नगरपालिकाद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान

सैनामैना नगरपालिकाद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान

सैनामैना
रुपन्देहीको सैनामैना नगरपालिकाले सोमबार जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । नगर भित्र रहेका ८४ वर्ष उमेर पुगेका तथा सो भन्दा माथि उमेर भएका वृद्धवृद्धाहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । वडा नं। १ देखि ११ सम्मका ५७५जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको र जाडोमा ओढ्ने ब्लाङ्केट वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीले आमा र बुबाले जन्म–कर्म दिने र ज्ञान, सिप,अनुभव प्रदान गर्ने तथा प्रेरणाका स्रोत भएकाले जेष्ठ नागरिक आमा–बु्बाहरुलाई माया,प्रेम र सधै सम्मान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
उहाँले भन्नुभयो–“जेष्ठ नागरिकहरुलाई सम्मान र माया गर्नु सबैको दायित्व हो । ” असक्त तथा बैंकमा जना नसक्ने वृद्धवृद्धाहरुलाई वृद्ध भक्ता तथा समाजिक सुरक्षा भक्ता घरमै गएर बैंकका कर्मचारीहरु मार्फत प्रदान गरिरहेको समेत उहाँले बताउनु भयो ।
नगरपालिकाले प्रत्येक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मन गर्दै आएको र अगामी दिनमा पनि सम्मान गरिने नगर उपाप्रमुख विना रानाले बताउनु भयो । जेष्ठ नागरिक हाम्रा भविष्य निर्माता भएकाले अग्रज आफ्ना बुवा–आमालाई सबैले सम्मान गर्नु पर्ने सैनामैना नगरपालिकाका प्रमुख प्रसशाकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।
सैनामैना १०का ९२ वर्षिय जेष्ठ नागरिक भिम बहादुर पुनले नगरपालिकाले मनोवल बढाउने खालको कार्य गरेको बताउनु भयो । यस कार्यक्रमले आफुहरु खुसि भएको ब्यक्त गर्नु भयो । आज सम्मान गर्न छुट्नु भएका जेष्ठ नागरिकहरुलाई वडाध्यक्षहरुले घर–घरमै गएर सम्मान गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, माघ ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij