अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैचाको पोखरीमा डुबेर २ बालिकाको मृत्यु गएको छ ।
शान्ति बगैचाभित्र खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा ज्यान गएको जिल्ला अस्पतालले जनाएकाे छ ।
ज्यान जानेमा अर्घाखाँचीको मालारानी ८ घर भएकी ५ वर्षीय कृष्टिना महत र प्युठान नगरपालिका घर भइ अहिले सन्धिखर्कमा बस्ने ४ वर्षीय वर्षा थापा रहेकाे प्रहरीले जनाएकाे छ । दुबै जनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : सोमबार, माघ ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्