प्रदेश ५ का दुई सरकारी अस्पतालमा प्रदेश सरकारद्वाराअध्यक्ष नियुक्त

प्रदेश ५ का दुई सरकारी अस्पतालमा प्रदेश सरकारद्वाराअध्यक्ष नियुक्त

बटवल ।
प्रदेश ५ का दुई सरकारी अस्पतालमा प्रदेश सरकारले अध्यक्ष नियुक्त गरेको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पाको रोल्पा अस्पतालको अध्यक्ष तथा सदस्य पदमा प्रदेश सरकारले मनोनयन गरेको हो ।
मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवल८ निवासी सूर्यबहादुर भट्टराई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरेको भौतिक पुर्वाधार विकास मन्त्री एवम् सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो।
यस्तै मन्त्रिपरिषद्ले लुम्बिनी प्रादेशिक अस्पतालकै सदस्य पदमा बुटवल ३ कि रिज्जु श्रेष्ठ र रोल्पा अस्पताल विकास समितिको सदस्य निमकुमारी सिंहलाई मनोनयन गरेको छ ।
बैठकले प्रदेश सरकारको स्थापना दिवसको अवसरमा गर्न लागेको एक्स्पो कार्यक्रम स्वीकृत गरिएको छ । माघ १० गतेदेखि १२ गतेसम्म दाङमा एक्स्पो हुँदैछ । एक्स्पो सञ्चालन गर्नको लागि ५० लाख रकम बिनियोजन समेत भएको छ ।
बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको सीईओको उमेर हकबन्धी संसोधन गरी ३५ वर्ष पूरा गरेको बनाइएको प्रवक्ता चौधरीले जानकारी दिए । संशोधन पहिले सीईओको उमेर हकबन्धी ५५ वर्ष ननाघेको थियो ।
साथै बैठकले सोमबार आज मात्रै निधन भएका प्रतिपक्ष दलका नेता बलदेब शर्मा पोखरेलप्रति शोक प्रस्ताव पारित गरेको छ ।
मन्त्रिपरिषद् बैठकले पोखरेललाई प्रादेशिक सम्मान गर्ने जनाएको छ । यो कार्यका लागि आन्तरिक मामिला मन्त्रालयलाई व्यवस्थापनको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, माघ ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij