धादिङ
धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ धादिङको नीलकण्ठ नगरपालिका ८ ज्यामिरे भञ्याङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो भने अरु ४० जना घाइते भएका छन् ।
मृतकको सनाखत हुन सकेको छैन । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
धादिङको धोलामण्डलीमा गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो ।
ट्रक सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइते सबैको उद्धार गरी धादिङ अस्पतालमा ल्याइएको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइदै छ ।
प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्