कावासोती ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँ पालिकाको ग १ ज ३८९ नम्बरको जीपको ठक्करबाट एक जना बालकको निधन भएको छ ।
हुप्सेकोट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ललाई घर छाडेर फर्कदै गर्दा जीप अनियन्त्रित भई जीप नजिकैको घरमा ठोक्किन पुगेको थियो ।
जिपको ठक्करबाट घरमा खेली रहेका ७ बर्षीय बालक दीपु गाहाको निधन भएको छ । निजका आमा २७ बर्षीय मीना गाहा घाईते भएका छन् ।
त्यसैगरी ५५ बर्षीय भिमबहादुर लुङ्गेली र अर्का एक जना घाईते भएका छन । घाईतेहरूको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्