JanataToday.com

Advertisment

SKIP THIS

सानिमा लाइफ इन्स्योरन्सको भैरहवामा सेवा सुरु

सानिमा लाइफ इन्स्योरन्सको भैरहवामा सेवा सुरु

 

रुपन्देही

सानिमा लाईफ इन्स्योरेन्सले रुपन्देहीको भैरहवाबाट पनि आफनो सेवा सुरु गरेको छ । प्रदेश सभा सदस्य सन्तोष पाण्डेले भैरहवा उपशाखाकोआजउद्घाटन गर्दै बिमाको जागरण र पहुच सर्बसाधारण सम्म पुराउनु लाइफ इन्स्योरेन्स कम्पनीको दायीत्व भएको बताउनु भयो ।

कम्पनीका महाप्रबन्धक शिबराम तिमिल्सेनाले सानिमा लाइफले सबै बर्ग र आर्थिक क्षमता भएका नागरिकलाई बिमाको पहुचमा ल्याउन उत्कृष्ट लक्ष्यित पोलिसी ल्याएको बताउनु भयो । प्रोडक्ट, गुणस्तर र अत्याधुनिक प्रबिधिको प्रयोगका हिसावले सानिमा लाईफ उत्कृष्ट रहेको भन्दै महाप्रबन्धक तिमिल्सेनाले सुरक्षित आर्थिक बचत र जोखिम बहन कम्पनीको दायीत्व भएको बताउनु भयो ।

मुख्य प्रबन्धक गणेश चौलागाईले १ घर १ बिमाको अबधारणा अनुसार सानिमा लाईफ कृयासिल रहेको भन्दै दावी भुक्तानीमा कम्पनी अव्वल रहेको बताउनु भयो । मुख्य प्रबन्धक चौलागाईले उत्कृष्ट योजना र प्रशिक्षीत अभिकर्ता मार्फत सहि सुचना र जानकारी सानिमाको पहिचान भएको बताउनु भयो । सिद्धार्थनगर उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य कमल मरासिनीले उद्योगि व्यवसायीको बिचमा बिमाको जागरण पुराउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सानिमा लाइफका क्षेत्रीय प्रबन्धक जयदेब गौतम,बुटवल शाखा प्रबन्धक प्रकास गौतम,भैरहवा उपशाखा प्रमुख उमेश यादब , कम्पनीका बरिष्ट एजेन्सी म्यानेजर राकेस कुमार अग्रहरी लगाएतले बोल्नु भएको थियो । गैर आबासिय नेपालीहरु प्रर्बदक रहेको सानिमा लाइफको १ अर्ब ४० करोड चुक्ता पुजी रहेको छ । उसले यो आर्थिक बर्ष भित्रै ६० करोड बराबरको सर्बसाधारणको लागि सेयर आइपीओ जारी गर्दैछ । आइपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुजी २ अर्ब पुग्नेछ ।

प्रकाशित मिति : बुधबार, माघ ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij